बाँके बैजनाथ । पछिल्लो २ दिन यता कोहलपुर क्षेत्रमा कोरना सक्रमित निको हुने संख्यामा सुधार आएको छ ।
होम आइसोलेसन मा रहेका संक्रमित संख्या घटेको हो ।
एक हजार ७८ को रहेका संख्यामा हाल ८ सय ९५ मा झरेको नगरपालिका फोकल पर्सनगेहराज खनालले जानकारी गराए हो ।
आज मात्र पुरुष ३८ र महिला ३८ गरी ७६ संक्रमित निको भएका छन्।’ क्रमिक रुपमा सुधार भइराखेको छ, उनले भने ।
हाल अस्थायी कोभिड अस्पतामा १९ जना उपचारत्त छन् भने आइसुलेसन केन्द्रमा १२ जना उपचारत्त रहेको खनालले जानकारी गराए ।
यसै गरी आज एक जना महिला र एक जना पुरषको मृत्यु भएको छ ।