१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा थप १७ संक्रमितकाे मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेमा कोरोना संक्रमित थप १७ जनाको मृत्यु भएको छ। संक्रमितहरूको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जना गरी १७ जनाको मृत्यु भएको हाे।

मृत्यु हुनेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१८ बाँकेका ७३ वर्षीया महिला, गढवा गाउँपालिका-७ दाङका ३० वर्षीया महिला, सानोभेरी नगरपालिका-११ रुकुम पश्चिमका ३६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-१२ बाँकेका ४१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-२ बर्दियाका ८४ वर्षीय पुरुष छन्।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका-६ बाँकेका ४५ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका-२ बाँकेका ५९ वर्षीया महिला, टीकापुर नगरपालिका-१६ कैलालीका २८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ बाँकेका ५८ वर्षीया महिला र नेपालगन्ज उममहानगरपालिका-३ बाँकेका ६१ वषीय पुरुषको समेत कोभिड संक्रमणकै कारण मृत्यु भएको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार त्रिवेणी गाउँपालिका-१ रुकुम पश्चिमका २७ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका-४ बाँकेका ६७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-४ बाँकेका ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-९ बर्दियाका ६३ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-१ बर्दियाका ३८ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका-२ दाङका ६५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका-५ कैलालीका ६८ वर्षीया महिलाको संक्रमणकै कारण मृत्यु भएको छ।

१३ घण्टाको अवधिमा यति धैरै संक्रमितहरूले ज्यान गुमाएको यो पहिलो पटक हो। योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका २०९ जनाको र जिल्लाकै २५३ जनाको मृत्यु भइसकेको छ।

 

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech