काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सरकार बनाएर चुनावमा जान सकिने बताएका छन्। उनले भने, ‘हामी चुनावतिर जाँदैछौं भने राष्ट्रिय सरकार बनाएर जान सकिन्छ। तर राष्ट्रिय सरकार असंवैधानिक बाटोबाट होइन, संवैधानिक बाटोबाट आउन सक्छ र संवैधानिक बाटोबाट आएको सरकारलाई मात्र स्विकार गर्न सकिन्छ।’प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन ।











