१४ बैशाख २०८१, शुक्रबार

स्व. थापाको सम्झनामा ७२ जनाले गरे रक्तदान
  • न्युज मानसराेवर

बाँके बैजनाथ । नेकपा एमालेका युवा नेता स्व.डम्बर थापाको सम्झनामा रक्त दान कार्यक्रम सम्पन्न गरिएको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ  ,अनेराश्ववियू ,बैजनाथ गाउँपालिका कमिटीको  आयोजनामा  उक्त रक्त दान कार्यक्रम  सम्पन्न  गरिएको हो ।

कार्यक्रमा कूल ७२ जनाले रक्त दान गरेको  नेकपा एमाले  नेतृ निर्मला मल्लले जानकारी गराईन् ।

मानवताको सेवा नै जीवनको सर्बोतम कार्य भन्ने नारा सहित रक्त दान कार्यक्रम  एमाले निकट राष्ट्रिय युवा संघ  ,अनेराश्ववियू ,बैजनाथ गाउँपालिका कमिटीको सक्रियतामा सम्पन्न भएको हो ।

रक्त दान कार्यक्रमा नेकपा एमाले केन्द्रिय सदस्य देवराज भार , लुम्बिनी प्रदेश निर्वतमान मन्त्री आरती पौडेल, जिल्ला अध्यक्ष सूर्य ढकाल जिल्ला कमिटी सदस्य वडाका प्रतिनिधि , युवा लगाएतको सहभागिता रहेको थियो ।

स्व. डम्बर थापा नेकपा एमाले बाँके सचिवालय सदस्य , डुडुवा गाउँपालिका इन्चार्ज तथा बैचारिक युवा नेता थिए । थापाको कोरना संक्रमणका कारण मुत्यु भएको थियो ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech