१३ बैशाख २०८१, बिहीबार

बेटर बाँके अभियानकर्ता द्धारा आर्यघाटमा सरसफाइ
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बेटर बाँके सामाजिक सञ्जाल कोहलपुर ग्यालरीमा आवद्ध युवाहरुले विश्व वातावरण दिवसको अवसरमा अगैया स्थित आर्यघाटमा सरसफाइ गरेका छन् ।

युवाहरुले बाँकेको राप्ती सोनारि गाउँ पालिकाको स्थित अगैया आर्यघाटमा सरसफाइ गरेका हुन् ।

कोराना महामारी ले दिनहु घाटमा  मृतकहरुको  अन्तेस्टि गरिने र उक्त कार्यले  वरपरको वातावरण  प्रदुषण  हुदै गएको थियो ।

आर्यघाटमा सरसफाइ अभियानमा राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनि कुमारि खत्रिको उपस्थिति समेत रहेको बेटर बाँकेका अध्यक्ष राजु चन्द ठकुरीले न्यूज मानसरोबर डट कम लाई जानकारी गराएका छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech