१३ बैशाख २०८१, बिहीबार

वर्ल्ड भिजन नेपालद्वारा बाँकेमा एक सय अक्सिजन सिलेन्डर र ५० पीपीई सेट सहयोग
  • न्युज मानसराेवर

बाँके ।  कोरोना भाइरसको महामारी बाट ग्रसित बाँके जिल्लाका स्थानीय तह लाई वर्ल्ड भिजन इन्टरनेशनल नेपालले अक्सिजन सिलेन्डर १०० (४०) लि को ,पीपीई ५० सेट  र सेनिटाइजर ५ लिटर सहयोग गरेको छ ।

पीपीई सेट तथा सरसफाई प्रयोजनका सामग्रीहरु जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेलाई हस्तान्तरण गरिएको हो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधि  विनय प्रकाश बरालले दिएको जानकारी अनुसार  जिल्ला प्रसासन कार्यालय प्रमुख शिवराम गेलाललाई उक्त सामाग्री प्रादान गरेको हो।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालका  फिल्ड अपरेसन प्रबन्धक एवं कोभिड १९ प्रतिकार्य प्रमुख चेतराज भट्टराई मार्फत उक्त सामाग्री हस्तान्तरण  गरेका थिए ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्रतिकार्य योजनामार्फत पहिलो ३० दिन वल्र्ड भिजनले सार्वजनिक स्वास्थ्य संस्था तथा प्रशासनलाई अत्यावश्यक उपकरणहरु वितरण गर्नुका साथै परम्परागत मिडिया र सामाजिक संजालको प्रयोग गरि नेपाल सरकारलाई कोरोना भाइरस रोकथाम बारे सूचना तथा सन्देश प्रवाह गर्न मद्दत गर्नेछ ।

३० दिन पश्चात भने कोभिड—१९ प्रभावित परिवार तथा समुदायहरुको तत्काल आवश्यकताहरु परिपूर्ति गर्दै बहुक्षेत्रगत कार्यक्रमहरुमार्फत उनीहरुलाई आफ्नो जीविकोपार्जन पुनर्स्थापना गर्न मद्दत गर्नेछ । बालबालिकालाई केन्द्रमा राखेर तयार पारिएको उक्त प्रतिकार्य योजना वर्ल्ड भिजनको कार्यक्रम रहेको १४ जिल्लाहरुमा संचालन हुनेछ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech