१५ बैशाख २०८१, शनिबार

आज सूर्यग्रहण : नेपालबाट नदेखिने
  • न्युज मानसराेवर

बाँके । आज खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार नेपालमा सूर्यग्रहण नदेखिने भएकोले यसलाई बार्नुपर्ने आवश्यकता छैन ।

जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्यग्रहण यो वर्षको पहिलो सूर्यग्रहण हो ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech