३ माघ २०८१, बिहीबार

बाँकेमा एक साता थपियो निषेधाज्ञ
  • न्युज मानसराेवर

बाँके। बाँकेमा जारी निषेधाज्ञालाई खुकुलो बनाइँदै थप एक साता निरन्तरता दिइएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार राति १२ बजे सम्मको निषेधाज्ञालाई थप गर्दै आगामी असार ७ गतेसम्म जिल्लामा जारी निषेधाज्ञा थप गरिएको हो ।

कोरोना संक्रमणको जोखिम अझै नियन्त्रणमा नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

संक्रमण नियन्त्रणका लागि बाँके प्रशासनले जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको छ । अहिले संक्रमण दरसँगै मृत्युदरमा समेत दैनिक कमी आउन थालेपछि जारी निषेधाज्ञा केही खुकुलो बनाएको हो ।

प्रशासनले यसपटक भने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने जनाएको छ ।

त्यस्तै, रेष्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेक अवे सेवा सञ्चालन गर्न पाइने छ । प्रशासनका अनुसार विवाह, व्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी भइ गर्न पाइने छ । बाँकेमा वैशाख १३ गते रातिदेखि निषेधाज्ञा लगाइएको थियो । त्यसअघि वैशाख नौ गतेदेखि नेपालगन्ज उपमहानगर भित्र मात्रै निषेधाज्ञा लगाइएको थियो ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech