१४ बैशाख २०८१, शुक्रबार

आज साढे २ हजार जनामा कोरोना पुष्टि, साढे ३ हजार संक्रमणमुक्त, ५१ को मृत्यु
  • न्युज मानसराेवर

बाँके ।  पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा झण्डै ३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन्। यस्तै ५१ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ६७७ पीसीआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको छ भने ५ लाख ५६ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै ८ हजार ७२६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। नेपालमा सक्रिय संक्रमितको संख्या ५५ हजार ५३२ रहेको छ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech