बाँकेका सरकारी कार्यालयहरु भने भोलि (मंगलबार) देखि खुल्ने भएका छन । कार्यालयमा भिडभाड नहुनेगरी सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै सबै सार्वजनिक निकाय, बैंक तथा वित्तिय संस्थाहरु खोल्न बाँके प्रशासनले सुचना जारी गरेको छ ।
कोरोना भाइरस महामारीका कारण गएको बैशाख १३ गते देखि बाँकेमा जारी निषेधाज्ञा भने थप एक हप्ता लम्बिएको छ । भाइरस संक्रमणको जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।