१६ चैत्र २०८०, शुक्रबार

यी २० जिल्ला जहाँ ५ सयभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित छन्
  • न्युज मानसराेवर

बाँके ।  कोरोना भाइरस संक्रमितको संख्या पाँच सय भन्दा बढी रहेका जिल्ला २० वटा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार  विवरणअनुसार पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा प्रदेश १ मा तीन, प्रदेश २ मा एक, बागमतीमा ९, गण्डकीमा २, लुम्बिनीमा ३, कर्णालीमा एक र सुदूरपश्चिममा एक छन्।

प्रदेश १ का मोरङ, सुनसरी, झापा तथा प्रदेश २ का धनुषामा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै बागमतीका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

गण्डकीका कास्की, र नवलपरासी पूर्व, लुम्बिनीका पाल्पा, रुपन्देही र बर्दिया, कर्णालीको सुर्खेत र सुदूरपश्चिमका कैलालीमा पाँच सयभन्दा बढी संक्रमित छन्। यस्तै २७ जिल्लामा दुई सय भन्दा बढी संक्रमित छन्।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech