बाँके। नेपालका १६ वटा बैंकको पैसा ह्याक गर्ने भनेर एउटा इमेल आएपछि सिंगो बैंकिङ क्षेत्र तरंगित बनेको छ। १६ वटा बैंकको नामै किटान गरेर इमेल आएको छ।राष्ट्र बैंकका प्रवक्ता र नबिल बैंकका सीईओ अनिल शाह लगायतको नाम उल्लेख छ।अज्ञात ठेगानाबाट आएको भनिएको यही एउटा इमेलले सिंगो बैंकिङ क्षेत्रमा तरंग ल्याएको हो।यो इमेल प्राप्त भएपछि सबै बैंकहरुलाई अलर्ट रहन भनिएको छ।