१२ श्रावण २०८१, शनिबार

लुम्बिनी अस्पतालले कोरोना संक्रमित पत्रकारलाई विशेष प्राथमिकतासहित निःशुल्क उपचार गर्ने
  • न्युज मानसराेवर

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले कोरोनाको तेस्रो लहरबाट संक्रमित हुने पत्रकारहरुलाई विशेष प्राथिकताका साथ निःशुल्क उपचार गर्ने भएको छ।

अस्पतालले नेपाल पत्रकार महासंघ रुपन्देहीसँग आइतबार सम्झौता गरी फ्रन्टलाइनमा खटिएर काम गर्ने पत्रकारलाई आईसीयु र एचडियु सेवा निःशुल्क दिने जनाएको हो।

नेपाल पत्रकार महासंघ रुपन्देहीको तर्फबाट अध्यक्ष रामराज पोख्रेल र अस्पतालको तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले कोरोना संक्रमित पत्रकारहरुका लागि सहज रुपमा उपचारको व्यवस्था मिलाउने गरी सहमतिमा हस्ताक्षर गरेका छन्।

पत्रकार महासंघको सिफारिस र प्राथमिकताको आधारमा पत्रकारलाई एउटा एचडियु बेड तथा एउटा आईसीयु बेड निःशुल्क उपलब्ध गराउने र ज्वरो क्लिनिकमा निःशुल्क परामर्श सेवा तथा पिसिआर परीक्षणलाई निःशुल्क गर्ने उल्लेख गरिएको छ।

  • ९ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech