१४ बैशाख २०८१, शुक्रबार

लागुऔषध मुद्दामा फरार थारु पक्राउ
  • न्युज मानसराेवर

बर्दिया \बर्दियामा लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । बाँसगढी नगरपालिका ५ बस्ने विकास थारुलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

थारुलाई लागुऔषध मुद्दामा बाँके जिल्ला अदालतले ४ महिना १० दिन कैद सजाय र बर्दिया जिल्ला अदालतले ६ महिना २१ दिन कैद र ५००० जरिवाना तोकेको थियो । उक्त सजाय पाएका थारु हालसम्म फरार रहँदै आएका थिए ।

उनलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • १२ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech