१६ चैत्र २०८०, शुक्रबार

महेन्द्र पुस्तकालयले गर्यो अमृत महोत्सव
  • न्युज मानसराेवर

बाँके\ नेपालगन्जस्थित महेन्द्र पुस्तकालय स्थापना भएको ७५ वर्षको अवसरमा अमृत महोत्सव गरिएको छ । पुस्तकालयमा शुक्रबार एक समारोहका बीच उक्त महोत्सव गरिएको हो ।

पुस्तकालयका तदर्थ समितिका अध्यक्ष बलराम यादवको सभापतित्व एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको प्रमुख आथित्यतामा उक्त महोत्सव गरिएको हो ।

सो क्रममा मन्त्री राई, लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र हमाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा साहित्यकार, पत्रकार, नागरिक समाजका अगुवा, शिक्षक, प्राध्यापक लगायतको सहभागिता रहेको थियो

  • ३ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech