२७ आश्विन २०८१, आईतवार

आज यी प्रदेशमा बिहानैदेखि वर्षा
  • न्युज मानसराेवर

बाँके\हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान बिहानैदेखि  देशभर सामान्यदेखि पूर्णतया बदली रहको छ । जसका कारण सबै प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यस्तै दिउँसो  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

यस्तै राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।  प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • १६ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech