७ पुष २०८१, आईतवार

बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\काठमाडौं लगायत देशका विभिन्न भागमा शनिबार बिहानैबाट वर्षा भइरहेको छ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र वाग्मती प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। विभागले आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ।

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

  • २५ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech