बाँके\नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बन्द रहेको डायलसिस सेवा पुनः शुरु भएको छ । साउनयता डायलसिस सेवा नियमित हुन नसक्दा बिरामीको अकालमै मृत्युवरण गरिरहेका थिए । अस्पतालमा डायलाइसिस सेवा बन्द हुँदा साउनयता मात्रै ३३ जनाको मृत्यु भएको थियो ।
मेडिकल कलेजले निजी सेवा प्रदायक कम्पनी बिरंग हेल्थ केयर प्रालिसँग सम्झौता गरी भदौ २०७७ देखि डायलाइसिस सेवा चलाउँदै आएको थियो ।
पछिल्लो समय उक्त कम्पनीले अस्पतालबाट सम्झौता अनुसारको रकम नपाउँदा सेवा नियमित हुन छाडेको थियो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका सूचना अधिकारी सञ्जयकुमार पन्तले विरामीलाई ध्यानमा राखेर अहिले अस्पताल आफैले डायलाइसिस सेवा शुरु गरेको जानकारी दिए ।