७ जेष्ठ २०८१, सोमबार

निजी बैंकहरुका कारण उद्योगीहरु समस्यामाः मन्त्री भण्डारी
  • रबि रोकाया

कोहलपुर \उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्यमान समयमा  देशमा उद्योग संचालन गर्न नसकीय देशको आर्थिक समृद्ध कहिले हुन नसक्ने बताएका छन। आज   कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा  उद्योगी तथा ब्यापारीहरु सँग अन्तरक्रिया  कार्यक्रममा भण्डारीले उक्त कुरा बताएका हुन।

भण्डारीले स्थानीय राजनितिक दलहरुका कारण देशमा औद्योगिक क्षेत्रमा विकास हुन नसकेको बताए । उनले नौवस्ता औद्योगिक ग्राम निमार्ण कार्य सम्पन्न गर्न सके ५,६,७ प्रदेशहरुको केन्द्रविन्दुका रुपमा स्थापना हुने विश्वास समेत व्यक्त गरेका छन।

भण्डारीले देशमा व्यापारीहरुले झेल्नु परेको संकट नेपाल सरकार नभइ ठुला व्यापारीहरुका कारण  संकट देखा परेको बताएका छन।उनले उद्योगी र व्यपारीहरुलाई चर्को शुल्क लिने नेपाल सरकार माताहत रहेका बैंक नभएको दावी गरे । मन्त्री भण्डारीले सबै नीजि बैंक तथा वित्तीय संस्थाका संचालक नै उद्योगीहरु रहेको बताए ।

उनले नीजि बैंकहरुको घेराबन्दीका कारण साना तथा मध्यम  व्यापारीहरुलाई थप समस्या देखा परेको स्वीकार गरे ।  उनले औद्योगिक ग्राम निमार्ण गर्न नसक्दा बार्षिक रुपमा विकास बजेट फिर्ता हुने समस्याका देखा परेको बताए ।

यसरी विकास बजेट समेत खर्च गर्न नसक्नु देश थप आर्थिक संकट तर्फ जाने निश्चित हुने बताउदै स्थानीय स्तरमा देखिएका समस्या समाधान गरी निकासा दिनु पर्ने बताए । उनले अव्यवस्थित बसोबासी व्यवस्थापन गर्नाका लागि आयोग बनेको बताउदै यसमा कुनै प्रकारको राजनितिक गर्न नहुने तर्क समेत गरेका छन।

कोहलपुर उद्योग व्यापार संघले आयोजनाका गरेको अन्तर संवादमा उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र अधिकारी , उद्योगी डोलनाथ खनाल , यातायात व्यवसायी मन प्रसाद आचार्य लगाएत व्यापारीहरुले विद्यमान व्यापारी तथा उद्योगीहरुका समस्या बारे धारणा राखेको थिए ।
उद्योग बाणीज्य संघ कोहलपुर अध्यक्ष लक्षमण राज पौडेलको अध्यक्षतामा कार्यक्रमकोआयोजना गरिएको थियो ।

  • ९ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech