७ जेष्ठ २०८१, सोमबार

भारतबाट ल्याइएको अवैध सामान बरामद
  • न्युज मानसराेवर

बर्दिया \भारतबाट लुकाइछिपाई ल्याएको अवैध सामान लोड गरेको गाडीसहित दुई जना पक्राउ परेका छन् । भारतबाट ल्याएको सामान राजश्व छलेर भित्र्याइएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका ८ का २८ वर्षीय हरि चौधरी र सोही ठाउँका २७ वर्षीय मुकेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए । भारतबाट भित्र्याइएको कपडा, होलीका प्रयोजनका सामानलगायत भे १ च ३४०१ नम्बरको गाडीसहित १९ लाख ९४ हजार ६ सय ९० रुपैयाँ मूल्यको रहेको सूचना अधिकारी एवं डीएसपी बोहोराले बताए ।

भारतको सीमा नाका हुँदै गुलरिया नगरपालिका १ स्थित ग्राभेल सडकबाट आउँदै गरेको अवस्थामा जाँच गर्दा अवैध सामान फेला परेको हो । पक्राउ परेका चौधरीद्वयसहित बरामद सामग्री कारबाहीका लागि भन्सार कार्यालय गुलरिया पठाइएको प्रहरीले जनाएको छ ।

  • १८ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech