६ जेष्ठ २०८१, आईतवार

आर्थिक विकास रणनीति मस्यौदा नेपालगञ्जको तयार
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालका अनुसार सो रणनीति २०८० देखि २१०० सालसम्म कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । २१०० सम्ममा स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य सो रणनीतिमा उल्लेख छ । यस्तै उपमहानगरलाई हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य पनि रहेको छ ।

नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले २० वर्षका लागि तयार पारिएको यो रणनीति नेपालगञ्जको आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताए । सबैको साझा सरोकार र दायित्वले मात्रै रणनीतिक योजना कार्यान्वयन गर्न सहज हुने जनाउँदै उहाँले स्थानीय अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनको महत्वाकाङ्क्षी लक्ष्यसहित आर्थिक विकास रणनीति तयार पारिएको उल्लेख गरेका छन।

आर्थिक विकास रणनीतिले लगानी, उत्पादन र बजारीकरणका लागि उपयुक्त वातावरण बनाउन भूमिका निर्वाह गर्ने उद्योगी व्यवसायीले जनाएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले यो रणनीतिले स्थानीयस्तरमा आर्थिक विकास र समृद्धिको नारालाई साकार पार्ने बताए।

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech