२८ असार २०८३, आईतवार

नेपालगन्ज मेडिकल कलेजमा सुपर स्पेसालिटी सेवा

नेपालगन्ज मेडिकल कलेजमा आएका विरामीलाई विश्वस्तरको उत्कृष्ट स्वास्थ्य सेवा पाउने

  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा सुपर स्पेसालिटी सेवा शुभारम्भ गरेका छन् । भारतको लखनऊस्थित अपोलो मेडिक्स अस्पतालसँगको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजले नेपालगन्जमा सुरु गरेको सुपर स्पेसालिटी सेवाको मेयर विष्टले शुभारम्भ गरेका हुन् ।

सुपरस्पेसालिटी अन्तरगत नेपालगन्ज मेडिकल कलेजले क्यान्सर, कृतिम गर्भाधान (आइभीएफ), मुटुको शल्यक्रिया, प्लाष्टिक सर्जरी, क्यान्सर सर्जरी लगायतका सेवा प्रदान गरिने सहायक प्रवन्ध निर्देशक डा. नितेश कनोडियाले जानकारी दिए ।

उनले मेडिकल कलेजमा उपचार सम्भव नभएका विरामीलाई अपोलो मेडिक्स अस्पतालमा रेफर गरिने बताए । सुपरस्पेसालिटी सेवाका लागि अपोलो अस्पतालका विशेषज्ञ चिकित्सकहरु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आएर परामर्श तथा उपचार सेवा प्रदान गर्ने भएका छन् । ‘उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा आएका विरामीलाई विश्वस्तरको उत्कृष्ट स्वास्थ्य सेवा पाउने छन्,’ उनले भने ।

विरामी र आफन्तको सहमतिमा मात्र अपोलो अस्पतालमा रेफर गरिने नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले बताए । उनले यहाँबाट रेफर भएका विरामीले पहिलो फ्लोअप निशुल्क पाउने बताए । ‘दोस्रो फ्लोअपबाट विरामीले ओपिडी शुल्कमा २० प्रतिशत, ल्याव र रेडियोलोजी परीक्षणमा २० प्रतिशत र भर्ना हुनुपर्ने भएमा ल्याव तथा रेडियोलोजी परीक्षण, आइपिडी बील एवम् अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने सहमति छ,’ उनले भने, ‘उक्त सेवा पाउन नेपालगन्ज मेडिकल कलेजले दिएको आधिकारिक रेफरल कार्ड आवश्यक पर्ने छ ।’

  • २० माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech