५ जेष्ठ २०८१, शनिबार

कोहलपुर सडक दुर्घटना प्रकरण जुनाको मृत्यु भएको अस्पतालले दियो जानकारी
  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं ११ स्थित तेह्र विगाह चोकमा गत शनिवार सडक दुर्घटनामा घाईते भएकी जुना बोहराको अन्तत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले मृत्यु भएको घोषणा गरेको छ ।

कोहलपुर ११ तेह्र विगाह चोकमा मध्यपश्चिम पानी उद्योगको पानी बोक्ने पिकअप भ्यानले ठक्कर दिंदा घाईते भएकी २२ बर्षिय बोहरालाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर लगिएकोमा मिलोमतोमा उनलाई बन्धक बनाई कोमामा पुरयाएको र अन्तमा मृत्यु भएको घोषणा गर्न बाध्य भएको हो ।

घाईते जुनाको अवस्था मंगलबारसम्म ठिकै थियो । सामान्य रूपमा बोल्दै गरेकी जुनालाई अस्पताल प्रशासनले बुधबार अकस्मात कोमामा पुगेको बताएपछि घटनाले फरक रूप लिदै गएको थियो । मंगलबारसम्म अस्पतालमै बन्धक बनाएर अन्यत्र रिफर गर्न नमानेको अस्पताल प्रशासनले बुधबार एकाएक भेन्टिलेटर सहितको एम्बुलेन्स मगाएर अन्यत्र लैजान पिडित पक्षलाई दवाव दिनुले घटना थप शंकास्पद बन्न पुगेको थियो।शंकाकै घेरामा रहेको वेला अस्पतालले आज विहान करीव साढे तीन बजे मृत घोषणा गरेको मृतकका आफन्तहरुले वताएका छन ।
शुक्रवार समेत वाक्लो शुरक्षाकर्मिहरुको घेरामा रहेको अस्पताल आज हुन सक्ने संभावित घटनालाई लिएर बाक्लो सुरक्षा संयन्त्र परिचालन गरेको बुझिएको छ । यस विषयमा न्युज मानसरोवर अपडेट गर्दै जानेछ हेर्दै गर्नुहोला न्युज मान सरोवर ।

कोहलपुर १३ विगाह चोक सडक दुर्घटना प्रकरण, जिउदो लाशमाथि राजनिती

  • २२ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech