बाँके\कोहलपुर स्थित निम्बल एकेडेमी कोहलपुरले बार्षिक खेलकुद भेटघाट कार्यक्रम उद्घाटन गरेको छ ।
बार्षिक खेलकूद भेटघाट कार्यक्रमको उद्घाटन विद्यालय संस्थापक अध्यक्ष निम बहादुर खत्रीले गरेका छन। बार्षिक खेलकुल भेटघाट कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष खत्रीले बालबालिकाहरुमा अनुशाशन र लगनशिलता हुनु पर्ने धारणा राखे ।
खत्रीले बालबालिकाहरुको प्रतिभाहरुको विद्यालय परिवारले उच्च सम्मान गर्दै विभिन्न चरणका अन्तर विद्यालय प्रतियोगितामा समावेश गर्दै आइरहेको समेत बताए । उक्त बार्षिक खेलकुद भेटघाट कार्यक्रम ३ दिन सम्म संचालन गरिने निम्बल एकेडेमी कोहलपुर प्रिन्सिपल रमेश केसीले जानकारी गराएका छन।









