कोहलपुर,बाँके: गत बैशाख १५ गते कोहलपुर नगरपालिका वडा नं. ११ को तेह्र विगाह चोकमा पानी बोक्ने पिक अप भेन भे १ च २७६७ नम्वरको गाडिले ठक्कर दिंदा घाईते भएकी जुना वोहराको घटना दिन प्रतिदिन पेचिलो बन्दै गएको छ । सामान्य मजदुर महिला मजदुर दिवसकै दिन कोमामा पुग्नेगरि आस्पतालले लापरवाहि एबं चलाखि गरेको भन्दै पिडित पक्षहरुले उपचारमा भएका गतिबिधिहरु हेर्न सिसि टिभि फुटेजको माग गर्न थालेपछि अस्पताल प्रशासनको बेचैनि शुरु भएको छ ।
घाईतेलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएकोमा गाडि मालिक समेत उक्त शिक्षण अस्पतालका कर्मचारी भएकै भएर दवाफमा मंगलवार बोल्दै गरेकी घाईते जुना बुधवार कसरी कोमामा पुगिन भन्दै आफन्तहरुले आशंका गरेपछि मंगलवार सम्म अन्य अस्पताल रिफर गर्न नमानेको अस्पतालले भेन्टिदेटर सहितको एम्वुलेन्स ल्याएर अन्यत्र लैजान पिडित पक्षहरुलाई दवाफ दिएकोमा पिडित पक्षले भने अन्तिम अवस्थामा अन्यत्र लैजान नसक्ने भन्दै ईन्कार गरेपछि अस्पतालले अहिले पिडित पक्षसंग मिल्न बिभिन्न राजनैतिक दवाफ शुरु गरेको पाईएको छ ।
घाईते जुना वोहराका दाजु जिवराज वोहराले उपचार गर्दा धेरै खर्च हुने र जिवित भएपछि उनको भरन पोषण गर्नुपर्ने भएकाले त्यहा कार्यरत कर्मचारी समेत रहेका पानी कम्पनीका मालिक उदित बाबु रेग्मीले सेटिगंमै जुनाको देहलिला समाप्त पार्ने कार्य गरेको आरोप लगाउदै अव सास होस या लाश केहि नबुझने र बुझनै परे मंगलवार राति उक्त आईसियु कक्षमा के कस्तो चलखेल र को को प्रबेश गरि के के गरेका थिए सो हेरेर मात्रै सहमतिमा जाने बताएका छन । तर अस्पताल प्रशासनले भने सहमति भएपछि मात्र घाईते मृत या जिवितबारे वताउने भन्न थालेपछि पिडितका आफन्तहरु झन आक्रोशित हुदै गएका छन ।
सल्यान बनगाड कुपिण्डे माईति घर भई कोहलपुरमा डेरा गरि बस्दै आएकी जुना वोहरा आफना दुई सन्तानलाई लिएर पतिसंग अलग भई बस्दै आएकी अवला महिला हुन भने माईतीमा समेत उनका आमा र दाई मात्र रहेको र अन्य कुनै उनको पक्षमा बोल्ने ब्यक्ति नहुदा उनले आफनो अमुल्य जिवन गुमाउनुपरेको आफन्तहरुको आरोप छ ।
मंगलवार बोल्ने र सबैलाई चिन्ने घाईते कोमामा अर्थात भेन्टिलेटरमा कसरी पुगिन, घरी अप्रेसन गर्नुछ दस्तखत गर्नुहोस भन्ने घरी अव तपाईको घाईतेलाई यहाँ उपचार सम्भव छैन अन्यत्र लैजानोस भन्ने यो जिउदो लाशमाथिको राजनिती हो जुनाकाकी आमा ख्याउटि बोहरा वताउछिन । उनले हामीले अन्यत्र लैजान्छौं भन्दा पिडक पक्षका उदित बाबुले अन्यत्र लगे आफुले उपचार खर्च ब्यहोर्न नसक्ने भन्दै आफन्तहरुलाई पिडामा झन पिडा थपेर शिक्षण अस्पतालमै राखेर मार्ने प्रपञ्च रेग्मिले रचेको भन्दै गहिरो अनुसन्धानकालागि प्रहरी प्रशासन तथा महिला अधिकारवादिहरुलाई समेत आब्हान गरेकी छिन ।
पिडिक रेग्मि पक्षका उदित बाबु रेग्मि मात्र हैन उनका परिवारका अन्य सदस्यहरु समेत सोहि अस्पतालमा स्वास्थ्यकर्मिका रुपमा कार्यरत रहेकाले मंगलवारको ‘रातमा रात गए अगरात पलाउछ’ भन्ने भनाई विपरीत ‘अगरातको मुना भाँचेको’ पिडित पक्षहरुले बुधवारदेखि आरोप लगाउदै आएका छन ।
जुनाको केशलाई लिएर अहिले उनको जिउदो लाशमा राजनिती शुरु गर्न थालिएको छ । उनको उपचार र वचाउ भन्दापनि पिडक उदित वावु रेग्मिलाई कसरी वचाउने भन्दै सहमतिमा ल्याउन नेपाली काङ्ग्रेस कोहलपुर नगर समितीका सभापति विरेन्द्र कुमार शाह नेका कार्यकर्ता बद्रिनाथ सापकोटा लगाएत कोहलपुर नगर समिती पिडकको पक्षमा लागेको पिडित पक्षहरुको आरोप छ भने अन्य दलका ब्यक्तिहरु विरामीको अवस्था वाहिर आए मात्र सहमतिका सवालहरुमा छलफल गर्न तयार रहेको वताएका छन ।
उपचार गर्न आएका ब्यक्तिले बाँच्न पाउने अधिकार समेत गुमाउने अवस्थामा पुगेको बेला पनि जिउदो लाशमाथि भएको यो चलखेलप्रति बिभिन्न बुद्धिजिवि तथा नेपाली काङ्ग्रेसकै महाधिबेशन प्रतिनिधिहरुले समेत खेद ब्यक्त गरेका छन ।
पिडित पक्षका तर्फबाट वकालत गर्दै आएका कृष्ण कुमार आचार्यले जुनाको अहिले ब्रेन डेथ भएको चिकिसकहरुले वताएको भएपनि उनी मृत भईसकेको आशंका गर्दै अस्पतालले आफुहरुलाई यो या त्यो वहानामा अल्झाउन खोजिरहेको भन्दै शान्तिपुर्ण आन्दोलनको विकल्प नरहेको बताएका छन । उनका अनुसार अस्पतालले मृत घोषणा गर्न नै सहमति गर्न दवाफ दिएको भन्दै सहमति अगाडि नै विरामिको वास्तविक अवस्थाबारे जानकारी गराउनु पर्नेमा जोड दिएका छन ।
यता विरामीका आफन्तहरुले क्षेत्रिय र भेगिय नारा लगाउने राजनैतिक बेईमानहरुलाई ललकार्दै सल्यानी सेवा समाज के तिहारमा भैलो खेल्ने, बर्षको १ दिन पिकनिक जाने र कुनै सल्यानीको मृत्यु भएको घरमा गएर श्रद्धाञ्जली ब्यानर टाँग्नका लागि मात्र गठन गरेको हो भन्दै सल्यानी सेवा समाजका नेतृत्व समक्ष प्रश्न खडा गरेका छन ।
उनले एक सल्यानीले बोल्दा-बोल्दै कोमामा जानुपर्ने स्थितीका पछाडि को-को पात्रहरुको हात छ त्यो वारे आवाज वुलन्द पार्न सल्यानी वकिल समेत रहेका सल्यानी समाजका सचिव गणेश शर्मालाई अनुरोध गरेको बताएका छन । उनीसंग न्युज मानसरोवरले सम्पर्क गर्दा आफु काठमाण्डौमा रहेको र अध्यक्षसंग कुरा गरेर सत्य तथ्य बुझि अगाडि बढने बताएका छन ।
के उपचार गर्छ शिक्षण अस्पताल कोहलपुर ! मंगलवार बोल्दै गरेको विरामी बुधवार कोमामा (भिडियो)