११ असार २०८२, बुधबार

खजुराले ल्यायो ८५ करोड बजेट
  • न्युज मानसराेवर

बाँके\खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित ८५ करोड ७२ लाख ३१ हजार ५ सय ७१ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।

गाउँपालिकाको मंगलबार आयोजित १७ औं गाउँसभामा उपाध्यक्ष मञ्जु मल्लले प्रस्तावित आय/व्यय विवरण प्रस्तुत गरिन् । त्यसअघि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क.ले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रुपले पारित भएको छ ।प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी विकास, पर्यटन, खेलकुद, रोजगार, उद्योग, ब्यवसाय लगायतलाई प्राथमिकतामा राखिएको छ ।

  • १० असार २०८२, मंगलवार प्रकाशित

  • Nabintech