२७ बैशाख २०८१, बिहीबार

के हो मार्क्सवाद
  • खिल प्रसाद भुषाल

मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । कार्ल मार्क्स र उनका अनन्य मित्र तथा सहयोगी फेडरिक एंगेल्सद्वारा मार्क्सवादको श्रृजना गरिएको हो । मार्क्सवाद र्सवहारा श्रमजीवी वर्गको मुक्तिको सिद्धान्त हो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो । मार्क्सवाद पूँजीवादको प्रारम्भिक अवस्थामा विकसीत भएको हो ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संर्घष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । अतः प्रकृति, समाज, चिन्तन, राज्यव्यवस्था आदि बारेमा कार्लमार्क्स र पेडरिक एंगेल्सले महान खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार र सिद्धान्त एवं व्यवहारको संयुक्त योगलाई मार्क्सवाद भनिन्छ । मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । मार्क्सवादी दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृतिलाई पहिलो र सामाज चेतनालाई दोश्रो स्थानमा राख्दछ ।

मार्क्सवादले चेतनालाई वस्तुगत जगतको आत्मिक प्रतिविम्ब मान्दछ र विश्वलाई बोधगम्यं बताउँछ । यस दर्शनको पद्धति द्वन्द्ववाद हो । मार्क्सवादका तीन संघटक अंग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन संघटक अंग हुन् । कार्ल मार्क्स -५ मई १८१८ – १४ मार्च १८८३) र पेडरिक एंगेल्स र २८ नोबेम्बर १८२० – ६, अगस्ट, १८९५) दुवैको संयुक्त प्रयासबाट मार्क्सवादको जन्म भएको हो । भी.आई. लेनिनले- “मार्क्सवाद मार्क्सका विचारहरू र उनको शिक्षाको व्यवस्थित श्रृंखला हो” भन्नु भएको छ । स्टालिनले, मार्क्सवाद प्रकृति र समाजको विकासलाई संचालन गर्ने विज्ञान हो, मार्क्सवाद सारा जडसूत्रवादको शत्रु हो ।” भन्नु भएको छ ।

माओत्सेतुङले “मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छः मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र मार्क्सवादी समाजवाद अर्थात वर्ग संघर्षको सिद्धान्त, तर जग चाहिँ मार्क्सवादी दर्शन हो । यदि यसलाई मनन गरिदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुने छैनन् हामी चीजहरूलाई स्पष्ट नपारिकन यताउताको कुरा उर्ठाई तर्क मात्र गरिरहेका हुन्छौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरू हट्ने छन् ।” भन्नु भएको छ ।

लेनिनले मार्क्सवादका तीन स्रोतको उल्लेख गर्नु भएको छ र यसै आधारमा मार्क्सवादका तीन संघटक अंग पनि निर्मित भएका छन् । तदनुसार दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्स्वादका तीन संघटक अंग हुन् । मार्क्सवाद-लेनिनवाद र्सवहारावर्गको मुक्तिको सिद्धान्त हो । र्सवहारावर्गलाई मार्गदर्शन र पथप्रदर्शक गर्ने मार्क्सवाद-लेनिनवाद बाहेक अर्को क्रान्तिकारी सिद्धान्त छैन । आज संसारमा धेरै प्रकारका दर्शनहरू देखिए पनि मुख्यतः दुइ प्रकारका दर्शनहरू छन् ।

जो चेतनालाई आदि तत्व मान्ने, जगतलाई त्यसको स्वतः स्फूर्ततामा मान्ने र संसार अवोधगम्य छ अर्थात् जान्नै नसकिने खालको छ भन्ने आध्यात्मवादी -आदर्शवादी) दर्शन र अर्को पदार्थलाई आदितत्व मान्ने अर्थात् संसार बोधगम्य छ र संसारका सबै कुराहरू जान्न सकिन्छ बुझ्न सकिन्छ भन्ने दर्शन भौतिकवादी दर्शन हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । मार्क्सवाद, जसले अहिले मार्क्सवादको गुणात्मक विकासको दोश्रो चरण लेनिनवाद हो लेनिनवाद मार्क्सवादी विकासको दोस्रो चरण हो । यसरी श्रमजीवी सर्वहारा वर्गको मुक्तिको बाटो द्वन्द्वात्मक तथ ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण आधारित छ ।

द्वन्द्ववादको सारतत्व भनेको आलोचनात्मक र क्रान्तिकारी रहेको छ । मार्क्सवादी दर्शनका दुइ भाग छन् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । मार्क्सवादको दार्शनिक आधार द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद भएकाले यसले पदार्थ, प्रकृति पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोश्रो स्थानमा राख्ने गर्दछ । मार्क्सवादी दर्शन भौतिकवादी भएकोले यसमा भौतिकवाद र द्वन्द्ववाद अभिन्न रूपले सम्बन्धित छन् । निश्चित सामाजिका र आर्थिक अवस्थाले नै यसलाई जन्माएको हो र यसको सुनिश्चित वैज्ञानिक तथा दार्शनिक पूर्वाधार पनि यही हो ।

वैज्ञानिक तथा दार्शनिक चिन्तनको सम्पूण गतिविधिले मार्क्सवादी दर्शनको प्रादूभाव गरेको हो । जीवन र जगतको विकासको सामान्य चित्रको अध्ययन गर्नु भौतिकवादी द्वन्द्ववादको एउटा महत्वपूण् लक्ष्य हो । यस विषयमा फेडरिक एंगेल्सले अगाडि लेख्दछन्- “द्वन्द्ववाद भनेको प्रकृति, मानव समाज र चिन्तनको गति सम्बन्धि र्सार्वभौम नियमहरूको अध्ययन गर्ने नियम हो । यो पूँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । अतः मार्क्सवाद एक व्यवहारिक विज्ञान समेत भएकाले मार्क्सवाद हाम्रो युगको सबभन्दा गतिशील विज्ञानसँग सम्बन्धित दर्शन हो ।

मार्क्सवाद र्सवहारा श्रमजीवी वर्गको क्रान्तिको (मुक्तिको सिद्धान्त)विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त वर्गसंर्घष् तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा सम्यवाद यसका आधारभूत मान्यता हुन् । अर्थात् प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा कार्लमार्क्स र फेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ ।

लेखक मदन भण्डारी पुस्तकालय बाँकेका अध्यक्ष समेत रहेका छन ।

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech