२४ बैशाख २०८१, सोमबार

ज्ञान, विज्ञान र संस्कारको संगम वाल ज्योती

अलिखित ईतिहास बोकेको कोहलपुरको वाल ज्योतीले शिक्षाको क्षेत्रमा ३३ बर्षको यात्रा पार गरिसकेको छ

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको निजि क्षेत्रको पुरानो विद्यालय वाल ज्योती सेकेण्डरी स्कुल ‘ज्ञान, विज्ञान र संस्कारको संगम’ बन्दै गएको छ । २०४७ सालमा स्थापना भएको यस विद्यालयमा २० बर्षदेखि निरन्तर अध्यापनरत गुरुहरु, सम्मानित पारिवारीक वातावरण,कितावका अलावा बिभिन्न सिकाई र संस्कारयुक्त वातावरण रहेकै कारण कोहलपुरको निजि शिक्षा क्षेत्रमा बिछ्ट्टै पहिचान समेत वनाउन सफल भएको हो ।

साहित्य संगित, कला र बिज्ञानको क्षेत्रमा समुन्नत जनशक्ति उत्पादन गर्दै आएको वाल ज्योतीका उत्पादनहरु यति बेला राष्ट्र अन्तराष्ट्रमा समेत छाईसकेका छन ।

पछिल्लो पुस्ताका सौरभ लामिछाने गित,संगित र छायांकन,प्रकृति पोखरेल/सरिता खासु मगर सांस्कृतिक एबं मोडलिङ्ग, दिपेश पौडेलको नेतृत्वमा पत्रीका प्रकाशन, कृष्ण पुन मगर मोडेल एबं गित छायांकन गरेर चर्चित भएका छन भने अघिल्लो पुस्ताका डा. देवेन्द्र आचार्य जस्ता हस्तिहरुले स्वदेशमै रहेर देश प्रतिको भक्तिभाव पोखिरहेका छन ।

यस्ता मेधावी जनशक्ति उतपादनमा विद्यालयले अंगिकार गरेको ‘आधुनिक शिक्षाका तिन आधार बैज्ञानिक शिक्षा, स्वास्थ्य र संस्कार’ भन्ने मुला नारा अनुरुप अध्यन अध्यापन भएको भन्ठान्छन विद्यालयका प्रिन्सिपल दामोदर पौडेल ।

उनले विद्यार्थीहरुलाई अनुसासनमा वाँध्ने हो भने नयाँ नयाँ सिर्जनात्मक काममा जोड्नु पर्ने राय राख्छन । यसै अनुरुप आफु विद्यालयमा २०६९ सालमा इन्ट्रि भईसकेपछि वालवालिकाहरुलाई सिकाईका नयाँ नयाँ शिरावाट परम्परागत शिक्षालाई तोडने प्रयत्न गर्दै अघि बढेको अनुभव सुनाउछन ।

उनको विद्यालय इन्ट्रिसंगै वालवालिकाहरुलाई जिम्मेवारी बोध गराउन साहित्य, कला एबं बिज्ञानलाई समेत समेटनेगरि विविध बिषयको संगालो भित्ते पत्रिका निकाल्ने जर्मको गरे ।

स्थानिय लेखकद्धय शंकर असान्त र सागर गैरेको सहयोगमा उनीहरुकै संलग्नताबाट कक्षा ८ देखि १० कक्षा सम्मकालागि ‘बाल प्रतिभा’ मासिक भित्ते पत्रिकाको श्रीगणेश गरेको प्रिन्सिपल पौडेल सम्झन्छन । ‘बाल प्रतिभा’को प्रकाशन संगै कक्षा ४ देखि ७ कक्षा सम्मका लागि ‘बाल कोपिला’ समेत प्रकाशन गरेको विद्यालयले कक्षा ४ देखि १० सम्मका वालवालिकाहरुलाई अतिरिक्त समयमा अतिरिक्त क्रियाकलापमा संलग्न गराउदै विद्यार्थीहरुको गलत कार्यमा ध्यान नजावस भन्ने मनोवैज्ञानिक दवाफ सिर्जनालाई निरन्तरता दिईरहयो ।

वाल वालिकालाई हप्कायर, पिटेर र घोकायर मात्र शिक्षा दिने परिपाटिलाई चिर्दै प्रिन्सिपल पौडेलले प्रगतिशिल पद्धतीले विद्यार्थीहरुलाई सिकाउन सकिन्छ भन्ने अभिप्रायले वाल वालिकाहरुलाई आफनो गल्तिको आफै आत्मालोचना गर्न सिकाउने र उनीहरुलाई तोकिएको जिम्मेवारीको वाहक अरु हुन नसक्ने जस्ता कुरालाई सिकाउदै विद्यार्थीहरुलाई जिम्मेवार वनाउन सकिएको धारणा राख्छन ।

शुरुका दिनहरुमा अनुसासनमा बाँध्न निकालिएको भित्ते पत्रिका पछि त्यस्को निरन्तरता दिंदै आएको विद्यालयले शुरुका दिनहरुमा २ सय रुपैया खर्चमा हातले चार्ट पेपरमा लेखेर निश्चित वोर्ड भित्र सजाईने गरिएपनि पछिल्लो विकसित समयक्रम अनुरुप विद्यार्थीहरुले तयार पारेको सामाग्रिलाई फलेक्स प्रिन्टमा प्रिन्ट गरेर भित्तामा सजाउने गरेको छ ।

हस्त लिखित गर्दा समयको बढि खर्च हुने र सहभागिता समेत थेग्न गाह्रो हुन थालेपछि फलेक्स प्रिन्टमा वाल प्रतिभालाई उतार्न थालिएको भित्ते पत्रिका प्रकाशन समुहका सल्लाहकार सम्पादक प्रकाश मरासिनी बताउछन । हातले लेख्दा वाल वालिकाहरुको लेखन कला एबं ब्याकरणलाई समेत टेवा पुगेको स्मरण गर्दै आजभालि पनि उनीहरुले तयार पारेको सन्दर्भ सामाग्रिहरु उनीहरुकै रोहवरमा समपादन गरि प्रकाशन गरिदै आएको डाईनामिक कलेजका प्राध्यापक समेत रहेका मरासिनी बताउछन ।

नेपालीका लागि ‘बाल कोपिलाबाल प्रतिभा’ निकाल्दै आएका वाल ज्योतीका वाल वालिकाहरुले साईन्सका लागि स्याडो ( प्रति विम्व) र अंग्रजीका लागि एस्पिरेसन (आशा) प्रकाशन गर्दै आएका छन ।

विद्यालय छोडेर गएका विद्यार्थीहरुले अझैं पनि आफना कलेजहरुमा साहित्यमा दखल राख्ने र अभिरुचि सहितको सहभागिता जनाउने भन्दै विद्यालयका प्रिन्सिपल एबं गोरखापत्र दैनिकका लुम्विनी तथा कर्णाली प्रदेशका लागि प्रकाशन हुने कोहलपुर संस्करणका सम्पादक दामोदर पौडेलले अन्य विद्यालयको तुलनामा आफनो विद्यालय तडक भडक रहित शिक्षालाई नै जोड गरेको जिकिर गर्छन । ‘हाम्रा प्रचारक हाम्रै विद्यार्थी हुन’ भन्ने हामीलाई विश्वास छ भन्दै अभिभावकहरु समेत हाम्रो अध्यापन शैलिबाट खुशि र प्रभावित भईरहेको दावि गर्छन ।

लेखनबृत्तिमा हुने विकासले विद्यार्थीहरुलाई भविष्यमा जुनसुकै क्षेत्रमा प्रबेश गर्न सहज हुने भएकाले पनि ५ कक्षा सम्म नेपाली अध्यापनलाई आफुहरुले प्राथामिकतामा राख्दै आएको भन्दै प्रिन्सिपल पौडेलले निजि स्कुलमा नेपालीमा विद्यार्थीहरु कमजोर हुने भन्ने भ्रम चिर्न आफनो नेतृत्वको विद्यालय टिम आफनो टिम स्पिृडका साथ लागि परको बताए ।

वाल साहित्यलाई समेत संरक्षण, प्रर्बद्धन र सहयोग गर्दै आएको विद्यालयको यस भित्ते पत्रिका प्रकाशनमा प्रकास मरासिनिले बाल कोपिला र बाल प्रतिभा, कमल विसि बिज्ञान स्याडो ( प्रति विम्व) र अंग्रेजीका लागि पुष्कर केसिले एस्पिरेसन (आशा) सम्पादन संरक्षण गरिरहेका छन ।

साहित्य सल्लाहकारहरुमा शंकर अशान्त, सागर गैरे, प्राज्ञ महानन्द ढकाल, रमेश अधिकारी, कपिल अन्जान रहेको यस भित्ते पत्रिका प्रकाशन समुहले नेपालमै पहिलो पटक वाल वालिकाहरुले लेखकसंग अन्तरंग समेत गरेका छन । प्राज्ञ महानन्द ढकालको उपन्यास ब्रुहानसंग अन्तरंग गरेका वाल कोपिला र वाल प्रतिभा समुहका सदस्यहरु साहित्य सिर्जनामा झन हौसिएका छन ।

विद्यालयका संस्थापक लक्ष्मि सुवेदी, सल्लाहकार मधुसुदन न्यौपाने, प्रिन्सिपल दामोदर पौडेल,सहायक प्रिन्सिपल चिरञ्जीवी सुवेदी संरक्षक रहेको भित्ते पत्रिका विद्यालयका संस्थापक स्व. टिकाराम सुवेदीको स्मृतीमा २०७० साल जेष्ठ ४ गतेवाट निरन्तर प्रकाशनमा आईरहेको छ ।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech