२१ बैशाख २०८१, शुक्रबार

कोहलपुर नगर शिक्षाको नतिजाप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण

विद्यार्थी संघ संगठन, विपक्षि दलका प्रतिनिधि र शिक्षा अभियान्ता संलग्न छानविन समिती बनाउनुपर्ने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: हालै सम्पन्न माध्यामिक शिक्षा उतीर्ण परिक्षा सम्पन्न पश्चात प्रकाशित नतिजाप्रति अनेरास्ववियु बाँकेले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाउदै नगर शिक्षा प्रमुख राम बहादुर हमाल समक्ष ज्ञापन पत्र बुझाएको छ । कोहलपुर नगरलाई बोर्धाथ दिई बुझाईएको अनेरास्ववियुको ज्ञापन पत्रमा कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरेको आधारभुत तह उतीर्ण परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट शैक्षिक, दलाल र माफियाहरूको संघलंग्नतामा फर्जि तरीकाले प्रकाशित भएको बिषय निकै गम्भीर र खेदजनक भएको उल्लेख गरेको छ ।

अनेरास्ववियुले वडा अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिको रोहबरमा सम्पन्न परिक्षाको नतिजा नक्कली अर्थात फेक आउनु भनेको अत्यन्तै लापरबाही र विद्यार्थीहरूका भबिस्यसँग खेलबाड गरेको उल्लेखित ज्ञापन पत्रमा यस घटनाको तत्काल छानबिन गरि निकृष्ट कार्यमा संघलंग्न दोषिउपर कडा भन्दा कडा कार्वाहीको जोडदार माग गरेको छ ।

परिक्षाको नतिजाको सत्यतथ्य छानबिनका लागि अनेरास्ववियु बाँकेको पनि उपस्थिती र रोहबर रहनेपर्ने उउल्लेखित अनेरास्ववियुको ज्ञापन पत्रमा निश्पक्ष र भयरहित वातावरणमा छानविन गर्न सक्ने समिति गठन गर्ने जोड्दार माग गरेको छ । अनेरास्ववियुले हाम्रो मागलाई बेवास्ता गरी आफ्नो मनमर्जी गर्दै विद्यार्थीहरूको भबिष्यमा कुठाराघात गर्ने कार्य गरिएमा अनेरास्ववियु बाँकेले कडाआन्दोलन गर्ने र उक्त आन्दोलनबाट हुने क्षतिको सम्पुर्ण जिम्मेवार स्वयंम संबन्धित निकाय हुने समेत जनाएको छ ।

अनेरास्ववियुको ज्ञापन पत्र बुझदै नगर शिक्षा प्रमुख राम बहादुर हमालले मेरै गल्ति भएपनि कारवाहि हुने वातावरण तय गर्ने छानविन समिती बनाउने प्रतिबद्धता जनाएका छन । उनले आफुले नगर प्रमुख समक्ष यो कुरा राखेर छानविन समितीको प्रतिबेदन अनुसार नै कारवाहिको प्रक्रिया अगाडि बढाउने बताएका छन । हामि अनुसन्धानमै छौं यस्तो कसरी भयो जनताले विशवास गर्ने गरि छानविन हुन्छ , छानविन पश्चात पत्रकार सम्मेलन गरेरै प्रतिवेदन सार्वजनिक गरिने छ हमालले थपेका छन ।

यता अनेरास्ववियुले भने विद्यार्थी संघ संगठन, विपक्षि दलका प्रतिनिधि र शिक्षा अभियान्ता संलग्न छानविन समिती नबनाए अनेरास्ववियुलाई स्विकार्य नहुने अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश केसिले  चेतावनी दिएका छन । ज्ञापन पत्र बुझाउन अनेरास्ववियुका बाँके जिल्ला अध्यक्ष प्रकाश विक, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष माधब खत्री, युवा सँघ नेपाल बाँके जिल्ला सचिब रमेश मिजार लगाएतको टोलि नगर शिक्षा कोहलपुर पुगेको थियो ।

यो पनि

कोहलपुर नगरले सञ्चालन गरेको कक्षा ८ को रिजल्ट फेक – भाग १

  • २६ चैत्र २०८०, सोमबार प्रकाशित

  • Nabintech