२३ बैशाख २०८१, आईतवार

घटना टुईस्ट हुनेमा आशंका, कक्षा ८ को रिजल्ट फेक भाग – २

४२ विद्यालयका ५३५ जनाले रिजल्टवारे असन्तुष्ट जनाउदै निवेदन हाले

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: कोहलपुर नगरपालिकाले सञ्चालन गरेको आधारभुत तह उतीर्ण परीक्षा सम्पन्न पश्चात प्रकाशित गरेको रिजल्ट शैक्षिक माफियाहरुको संल्गनतामा फर्जि तरीकाले प्रकाशित गरेको प्रमाण सहितको समाचार न्युज मानसरोवरले प्रकाशित गरेपछि गठित छानविन समितीको म्याद बैशाख २ गते साँझ समाप्त भएतापनि यो समाचार तयार पार्दा सम्म कोहलपुर नगरपालिकाले समितीको म्याद थप वारेको विवरण सार्वजनिक भने गर्न सकेको छैन ।

यस अघि चैत्र २८ गते सर्वदलिय एबं सर्वपक्षिय भनिएको बैठकमा नगर प्रमुख पुर्ण प्रसाद आचार्यले घटनाको सत्य तथ्य आजका मितिले ४ दिन भित्र सार्वजनिक गरिने र दोषिलाई निर्मम रुपमा कारवाहिको दायरामा ल्याउने उदघोष गरेका थिए । उनले उदघोष गरेको म्याद २ बैशाखमा सकिए पनि छानविन समितीको प्रतिवेदन भने सार्वजनिक हुन सकेको छैन ।

यसै सन्दर्भमा आज सोमवार विहान न्युज मानसरोवरका समाचारदातासंग कुरा गर्दै नगर प्रमुख आचार्यले छानविन समितीले थप समय माग गरेको र म्याद थपको पत्र आजै दिईने वताएका थिए । उनले म्याद थपका बिषयमा छलफल हुन बाँकी रहेकोले केहि विलम्ब हुन सक्ने र त्यस्कालागि प्रतिक्षा गर्न भन्दै समितीले चेकजाँच एबं रिजल्ट अध्यावधिक गराउने कामका अलावा अन्य कामहरु र विद्यालयका प्रधान अध्यापकहरुसंग समेत छलफल गरेका कारण समितीलाई समय अपुग भएको उल्लेख गरेका थिए ।

यो विचमा दुई दिन सार्वजनिक विदा समेत परेको थियो, ४२ विद्यालयका ५३५ जनाले रिजल्टवारे असन्तुष्ट जनाउदै निवेदन हालेपछि हाम्रो काम झन थपियो समितीका एक सदस्य राम प्रसाद चापागाईले न्युज मानसरोवरसंगको कुराकानिमा भने । म्याद थपिएको वारे आफुलाई मौखिक रुपमा थाहा भएपनि कति दिन थपिएको भन्नेबारे आफु अनभिज्ञ रहेको भन्दै समितीका संयोजक विरेन्द्र कुमार शाहले सोमवार साँझ ७स् ३० वजे सञ्चारकर्मिसंगको कुराकानिका क्रममा वताएका छन ।  भोलि मंगलवार पत्र प्राप्त भएपछि कति दिन म्याद थपिएको हो भन्न सकिएला आज हामी दिनभर काममै ब्यस्त भयौं उनले कुराकानिका क्रममा भने ।

नगर शिक्षाका कर्मचारीहरुलाई समेत कामकाज गर्न रोक लगाई गरिएको छानविनको नतिजा सार्वजनिक गरिनुपर्ने भन्दै कोहलपुरका नागरिकहरुले सामाजिक सञ्जालहरुमा समेत प्रश्न गर्न थालेका छन । नगर शिक्षा प्रमुख राम वहादुर हमाल भने यस अवधिमा आफु विदामा वसेको भन्दै राजनिति गर्नेहरुले आफुले कहाँ कहाँ गल्ति गर्छन दोष हामी कर्मचारीहरुले लिनुपर्ने भन्दै मेरो कार्यकक्षमा ताला लगाएको सुनेको छु, मेरो कार्यकक्षमा लागेको ताला खुलेन भने म पनि काहाँ काहाँ ताला लगाउनुपर्ने हो लगाउँछु । यो बिचमा के के भयो मलाई केही थाहा छैन छानविन तथा रिजल्ट पुन चेकजाँचका बिषयका सन्दर्भमा हमालले भने ।

घटना टुईस्ट हुनेमा आशंका

यसैविच कोहलपुरमा सञ्चालन भएको परीक्षा र न्युज मान सरोवरले प्राप्त गरेको प्रमाण कस्ले वाहिर ल्याएकोवारे बढि केन्द्रित हुदै समितीले मुद्धा नै टुईस्ट गर्न सक्ने आशंका गर्न थालिएको छ । कोहलपुरमा रहेर लामो समय शिक्षा क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुले परिक्षा मर्यादित र भए रहित वनाउन नसक्नेहरुले उक्त प्रमाण कस्ले खिचेर वाहिर ल्याएको हो भन्दै खोजिनु शैक्षिक माफियाहरुका निम्ति ठुलो उपलब्धि हुन सक्ने भएकाले खोजि शुरु भएको आरोप लगाएका छन । उनीहरुले शिक्षा क्षेत्रमा गिरोहका रुपमा लागेकाहरुलाई यो प्रमाणले उदांगो पारेको भन्दै उक्त प्रमाण ल्याउनेलाई कारवाहि हैन पुरष्कृत गरिनुपर्ने वताएका छन ।

आफनो नाम नवताउने शर्तमा कोहलपुरका एक शिक्षाप्रेमीले समय अपुग भएको भन्ने कुरा यो बखेडा मात्र हो अरु सवै काम सक्किएको मैले सुचना पाएको छु यो प्रमाण ल्याउनेको खोजिमा समिती लागेर समय खेर फाल्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन ।  यस अघि शिक्षाको यो क्षेत्रमा यस्ता के कति चलखेल हुन्थ्यो भन्ने कुरा यसपालिको घटना फेरिहिस्तले चित्रण गरिरहेको उल्लेख गर्दै उनले परिक्षा अगाडि नै सेटिङ्ग गरेर प्रश्न पत्र नै आउट भएको आशंका ब्यक्त गरे ।

समाचारदाताको प्रश्नमा उनले केहि विद्यालयका विद्यार्थीहरुको अक्षर मात्र फरक भएको तर उत्तर कपिमा सवै कुरा सवै परिक्षामा सहभागि विद्यार्थीहरुको लेखाई हुवहु हुनु र मार्क समेत ४० देखि लगातार उस्तै देखिने गरि आउनुले पनि प्रश्न पत्र पहिल्यै वाहिर ल्याएर विद्यालयमै घोकाएर परिक्षा हलमा लगेको हुन सक्ने चलाखिपुर्ण कार्य भएको आशंका गरे । कि प्रश्न पत्र प्रेसवाटै गएको हुनुपर्छ कि सेटिङ्गमै प्रश्न पत्र दिईएको हुनुपर्छ भन्दै उनले यसपालिको परिक्षाको प्रगति विद्यार्थीको जिवनसंगको खेलवाडको कडि भएर ईतिहासमा दर्ज हुने समेत जिकिर गरे ।

चोरलाई चौतारो साधुलाई सुलि हुने गरि छानविन समितीले प्रतिवेदन सार्वजनिक नगरोस सत्य तथ्य र शैक्षिक हव बन्ने वलिया आधारहरुलाई टेकेर हरेक कोहलपुरवासिको प्रश्नको उत्तरको रुपमा प्रतिवेदन आवस मेरो अपेक्षा समेत यहि छ उनले भने ।

 

यो पनि

कोहलपुर नगरले सञ्चालन गरेको कक्षा ८ को रिजल्ट फेक – भाग १

  • ३ बैशाख २०८१, सोमबार प्रकाशित

  • Nabintech